कीवर्डहरू -

इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा आनन्दराज खनाल पुनः नियुक्त 

इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा आनन्दराज खनाल पुनः नियुक्त 

इन्टरनेट गभर्नेन्स फोरम (आइजीएफ) को मल्टी स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नेपालबाट आनन्दराज खनाल लगातार तेस्रो पटक पुनः नियुक्ति भएका छन् । सयुक्त राष्ट्र संघका महासचिवद्वारा म्याग सदस्यमा खनाललाई नियुक्त गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक समेत रहेका खनाल यसअघि पनि लगातार २ कार्यकाल म्यागको सदस्य भई काम गरिसकेका छन् ।

सन् २०२१ का लागि म्यागको चेयरम्यानमा साउथ अफ्रिकाका एस्टरहुयसेन एनिरेट नियुक्त भएका छन् । उनी सन् २०२० मा पनि आइजीएफको अध्यक्ष रहेका थिए ।

सन् २०२१ का लागि म्यागमा जम्मा ४० सदस्य रहेका छन् । जसमा १५ जना नयाँ सदस्य रहेका छन् । म्यागमा सबै सरोकारवाला समूह, सरकार, नागरिक समाज, निजी क्षेत्र र प्राविधिको समुदायको प्रतिनिधित्व रहेको छ ।

आइजीएफ सन् २००६ मा सयुक्त राष्ट्र संघका महासचिवद्वारा स्थापना गरिएको थियो । यो फोरमले इन्टरनेटको स्थायित्व, मजबुती, सुरक्षा, स्थिरता र विकास जस्ता इन्टरनेट गभर्नेन्स सम्बन्धित सार्वजनिक नीतिमा छलफल गर्छ ।