कीवर्डहरू -

आठ जीबी र्‍याम सहित रियलमी सेभेन नेपालमा, कति छ मूल्य ?

आठ जीबी र्‍याम सहित रियलमी सेभेन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सेभेन’ सार्वजनिक भएको छ । मंगलबार रियलमी सेभेन स्मार्टफोन नेपालमा सार्वजनिक भएको हो ।

६.५ इन्च डिस्प्ले रहेको यस फोनमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । यसमा फुल एचडी प्लस रिसोलुसन रहेको छ ।

प्रोसेसरको कुरा गर्दा रियलमी सेभेनमा मिडिया टेकको हेलियो जी ९५ प्रोसेसर प्रयोग गरिएको छ । यो प्रोसेसरमा सार्वजनिक हुने रियलमी सेभेन पहिलो फोन हो । यस प्रोसेसरले राम्रो परफरमेन्स दिने मिडिया टेकको दाबी छ ।

फोनमा ६ जीबी र ८ जीबी र्‍याम रहेको छ भने ६४ जीबी र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । रियलमी सेभेन नेपालमा भने ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा मात्रै उपलब्ध रहेको छ ।

रियलमी सेभेनमा चारवटा रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स, २ मेगापिक्सेल बी एण्ड डब्लु लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेका छन् ।

त्यस्तै यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । जसले ३० एफपीएस १०८० पी रेकर्डिङ सपोर्ट गर्छ । साथै प्रयोगकर्ताले १२० एफपीएसमा स्लो मो भिडियो पनि खिच्न सक्छन् ।

रियलमी सेभेनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ । जसले ३० वाटा डार्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा रियलमी सेभेनको मूल्य ३५ हजार ९९० रुपैयाँ तोकिएको छ ।