कीवर्डहरू -

क्वाड क्यामेरा सहित रियलमी सेभेन आई नेपालमा, कति छ मूल्य ?

क्वाड क्यामेरा सहित रियलमी सेभेन आई नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सेभेन आई’ सार्वजनिक भएको छ । मंगलबार रियलमी सेभेन आई स्मार्टफोन नेपालमा सार्वजनिक भएको हो ।

६.५ इन्च एलसीडी डिस्प्ले रहेको यस फोनमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । यसमा एचडी प्लस रिसोलुसन रहेको छ ।

रियलमी सेभेन आईमा स्न्यापड्रयाग्न ६६२ प्रोसेसर प्रयोग गरिएको छ । रियलमी सेभेन आई ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा नेपालमा उपलब्ध रहेको छ ।

रियलमी सेभेन आईमा चारवटा रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स, २ मेगापिक्सेल बी एण्ड डब्लु लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेका छन् ।

त्यस्तै यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । यसमा फिंगरप्रिन्टको समेत सुविधा रहेको छ । रियलमी सेभेनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ ।

जसले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रुपैयाँ तोकिएको छ ।