कीवर्डहरू -

नेपालबाट दियालो टेक्नोलोजीज ‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा विजयी

नेपालबाट दियालो टेक्नोलोजीज ‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा विजयी

‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पार्धमा नेपालबाट दियालो टेक्नोलोजीज विजयी भएको छ । सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धामा २०२०/२१ का लागि नेपालबाट दियालो टेक्नोलोजीज छानिएको हो ।

मंगलबार ‘सिड स्टार्स’ ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै कम्पनीले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्नेछ ।

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने ‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै हर्षित छौँ । हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै  आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ।’

दियालो टेक्नोलोजीजले वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

दियालो टेक्नोलोजीजले अनलाइनबाट सार्वजनिक बसको टिकट काट्न सकिने बससेवा डटकम पनि सञ्चालन गरिरहेको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।