कीवर्डहरू -

स्टाडिया प्लेयर्सले अब एक अर्कामा म्यासेज पठाउन सक्ने 

स्टाडिया प्लेयर्सले अब एक अर्कामा म्यासेज पठाउन सक्ने 

गूगलको स्टाडिया प्लेयर्सले अब एक अर्कालाई म्यासेज पठाउन सक्ने भएका छन् ।  यो फिचर गत हप्ता देखि रोलिङ आउट हुन् थालेको थियो । तर यो फिचर सबैको लागि भने उपलब्ध भएको छैन् ।

स्टाडिया कन्ट्रोलर प्रयोगकर्ताले स्मार्ट रिप्लाइजमा थिचेर म्यासेज गर्न सक्छन् । गूगलले गेमको बेस्ट मोमेन्ट पनि सेयर गर्न दिने भएको छ । यसमा भिडियो क्लीप पनि रेर्कड गर्न मिल्छ । मोबाइल वा ब्राउजर प्रयोगकर्ताले गूगल फोटोजमा सार्वजनिक लिङ्क द्वारा स्क्रीनसटहरु सेयर गर्न सक्छन् ।

स्टाडियाको प्रोफाइल पेजमा पनि केही सुधारहरु ल्याइएको छ । यसमा प्रयोगकर्तासँग कति ओटा गेम छ, साथीहरुको सूची जस्ता कुराहरु प्राप्त गर्न सकिन्छ । गूगलले युट्यूब प्रिमियम सदस्यहरुका लागी स्टाडिया प्रिमियर एडिसन निःशुल्क पनि दिइरहेको छ ।