कीवर्डहरू -

‘ओप्पो इन्नो डे २०२० सम्पन्न’, एकीकृत भविष्यको कल्पना गर्दैं तीन उत्पादन प्रदर्शन

‘ओप्पो इन्नो डे २०२० सम्पन्न’, एकीकृत भविष्यको कल्पना गर्दैं तीन उत्पादन प्रदर्शन

‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा ओपो ईन्नो डे २०२०को आयोजना गरिएको छ । पछिल्लो बर्ष ईन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ र ‘भर्च्युओस ईन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत ओप्पोले सार्वजनिकका लागि तयार अवस्थाको ह्याण्डसेट, ओपो एक्स २०२१, ओपो एआर ग्लास २०२१ र ओपो साइबरियल एआर एप्लिकेशन पनि पहिलो पटक प्रदर्शन गरेको छ ।

ओपो ईन्नो डे २०२० मा बोल्दै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले आफ्नो ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति मार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रबर्तन पस्कने दृढता ब्यक्त गरे ।

ओपो  ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ मा विश्वास गर्छ र कर्पोरेट नवप्रबर्तनको एक मात्र उद्देश्य उपभोक्ता हुनु पर्ने सोच राख्छ उनले भने ।

‘ओप्पोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना ब्यक्त गर्न सकुन् भन्ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ । यही उद्देश्यका साथ ओपोको दिर्घकालिन विकासका लागि हामीले  ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति अघि सारेका हौँ’ उनले भने ।

यसमा रहेका तीन अन्तरनिहित प्रविधिहरु हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनीधित्व गर्छ । यिनले ओप्पोलाई आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकिकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउँछ ।

‘एन’ ले ओपोका एआई, सेक्योरिटी र प्राइभेसी, मल्टिमिडिया र ईन्टरकनेक्टिभिटी लगायत आवश्यक क्षमताका संख्याको प्रतिनीधित्व गर्छ ।

त्यसैगरी, ‘एक्स’ले अग्रगामी धार र पृथक प्रविधि तथा रणनीतिक श्रोत जस्तै फ्ल्याश चार्ज प्रविधि (जसले नवप्रबर्तनलाई बढावा दिनुका साथै प्रयोगकर्ता अनुभवमा उच्चतम सुधार प्रदान गर्छ) लगायतको प्रतिनीधित्व गर्छ ।

‘प्रविधिक क्षमता विस्तार गर्नु आवश्यक छ, तर तिनलाई नवप्रबर्तनात्मक तरिकाले एकीकृत गर्नु अझ महत्वपूर्ण हुन्छ । सबै कठिनाइको सामना गर्दै उपभोक्तालाई फाइदा मात्र उपलब्ध गराउनु पर्छ भन्ने ओपोको विश्वास छ’, कार्यक्रममा किनोट प्रस्तुत गर्दै ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

तीन अवधारणा उत्पादनको घोषणा

कार्यक्रम मार्फत नै ओप्पोले तीन अवधारणा उत्पादनहरुपनि सार्वजनिक गरेको थियो । तिनले मानव प्रविधि अन्तरक्रिया र भविष्यको प्रविधि अन्वेषण सम्बन्धि सबै सम्भावना प्रदर्शन गर्छन् ।

ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपोको फ्लेक्सिबल (लचकदार) डिस्प्ले र स्ट्रक्चरल (संरचनात्मक) स्ट्याकिङ अन्तर्गत प्रयोगकर्तालाई थप प्राकृतिक अन्तरक्रिया अनुभव दिने नयाँ सफल प्रविधिको प्रतिक हो ।

प्रदर्शित कन्सेप्ट ह्याण्डसेटले ओपोको स्वामित्वमा रहेका तीन प्रविधिहरु, रोल मोटर पावरट्रेन, टु इन वान प्लेट र स्व विकसित र्‍याप ट्रयाक हाई स्ट्रेन्थ स्क्रिन लेमिनेट समाहित गरेको छ ।

\"\"

यसमा रहेको कन्टिन्यूओसली भेरिएबल ओलेड डिस्प्लेका कारण फोनले ६.७ ईञ्च सम्म सानो देखि ७.४ ईञ्च सम्म ठूलो मापन गर्न सक्छ । फलस्वरुप प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार डिस्प्लेको आकार समायोजन गर्न पाउँछन् ।

ओपो एआर ग्लास २०२१ ले डिजिटल जगतमा ओपोको छलाङको सफल प्रतिनीधित्व गर्छ । अत्याधुनिक स्प्लिट डिजाइन समायोजित ओपो एआर ग्लास २०२१ कम्प्याक्ट र अल्ट्रा लाइट छ । यो उपकरण पछिल्लो संस्करणका तुलनामा ७५ प्रतिशत हल्का छ ।

\"\"

यसमा रहेका कोर कम्पोनेन्ट्सका कुरा गर्दा ओपो एआर ग्लास २०२१ को निर्माणमा बर्डबाथ अप्टिकल सोलुसनको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई जीवन्त अनुभव प्राप्त हुन्छ ।

ओपो एआर ग्लास २०२१ मा स्टेरियो फिशआई क्यामेरा, एउटा टीओएफ सेनसर र एउटा आरजीबी क्यामेरा सहितको डाइभर्स सेन्सर जडान गरिएको छ । यसले प्रयोगकर्तालाई एआर जगतमा सटिक र प्राकृतिक अनुभव प्राप्त हुन्छ ।

रियल टाइमको विशेष क्याल्कुलेशन प्रविधिद्वारा सञ्चारित साईबरियल एआर एप्लिकेशनले सटिक स्थानियकरण र दृष्य चिन्ने क्षमता बोकेको छ ।

यसलाई थप रोमाञ्चक बनाउन सटिकरुपमा वातावरण निर्माण (सेन्टिमिटर सम्म), तत्समय सटिक स्थानियकरण र ओपो क्लाउड गरी आपोका तीन मुख्य प्रविधिले समेत सुसज्जित गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई दृष्टिकोण निर्माण र वास्तविक संसारको पहिचान गर्ने कार्यमा थप सहयोग मिल्छ ।

\"\"

ओपो ईन्नो डेको आयोजना लगातार दूई बर्ष सफलतापूर्वक भइसकेको छ । समारोहमा बोल्दै टोनी छन्ले उत्कृष्ट नवप्रबर्तनका माध्यमबाट दयाले भरिपूर्ण विश्वको निर्माण गर्नु ओपोको चाहना रहेको बताए ।

‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ अवधारणाबाट प्रेरित ओपोले मानव र  प्राविधिक नवप्रबर्तन विच एकीकृत रुपदिँदै प्रयोगकर्तालाई समयानुकुल ब्यक्तिगत प्राविधिक अनुभव पस्कने प्रयास गरिरहने जानकारी दिइएको छ ।

भविष्यमा पनि ओपोले आफ्ना पार्टनर्ससंग सहकार्य गर्दै मानविय प्रविधिको उज्वल भविष्यका लागि काम गरिरहेने जानकरी दिइएको छ ।