कीवर्डहरू -

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय  प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुर नगरपालिका २ का विशेष जोशीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले जोशीलाई पक्राउ गरी थप अनुसन्धान गर्न साइबर ब्युरोलाई बुझाएको छ ।

टिकटकमा अपलोड गरेको भिडियो जोशीले खिचेका हुन वा होइनन् भनेर अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए ।

श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो मंगलबार सामाजिक संजालमा भाइरल भएको थियो । श्रेष्ठ बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेका थिए ।