कीवर्डहरू -

गूगल मिटमा आयो ‘रेज योर ह्याण्ड’ फिचर

गूगल मिटमा आयो ‘रेज योर ह्याण्ड’ फिचर

गूगल मीटमा मिटिङको समयमा हात उठाएको देखाउन मिल्ने अर्थात ‘रेज योर ह्याण्ड’ फिचर उपलब्ध भएको छ । यस फिचरको सहयोगले मिटिङ गरिरहेको बेला बिचमा अरुलाई अवरोध पर्दैन र होस्टले पनि सहभागीलाई केही प्रश्न सोध्नु छ भन्ने कुराको ठहर हुन्छ ।

यस्तै फिचर जूममा भने पहिले देखि नै उपलब्ध रहेको छ । यो ‘रेज हाण्ड’ फिचर नेभिगेसन बारको तल्लोपटी हुनेछ । सहभागीले त्यो बटनलाई थिचेपछि मध्यस्थकर्ताले सहभागीको भिडियो प्रीभ्यूमा या स्क्रीनको साइडबारमा देखिने गर्दछ ।

यो फिचरमा सहभागीहरुलाई हात तल गर्ने फिचर पनि दिइएको छ । त्यो बाहेक मध्यस्थकर्ताले पनि कुनै निश्चित सहभागीको या सबै सहभागीहरुको हात तल गरिदिन सक्दछन् ।

यस बाहेक मध्यस्थकर्ताले कसले पहिले हात उठाएको थियो अरु भन्दा पहिले भनेर पनि सीमावद्ध ढङ्गले थाहापाउन सक्छन् । यो फिचर वर्कस्पेस र जीसुइट ग्राहकलाई उपलब्ध हुन सुरु भइसकेको छ ।

वर्कस्पेस विजनेस स्टसर्टर र जी सुइट बेसिक ग्राहक वा व्यक्तिगत गूगल अकाउन्ट प्रयोगकर्ताहरुको लागि तत्काल ह्याण्ड रेज फिचर उपलब्ध हुने छैन् ।