कीवर्डहरू -

इन्जिनियरिङ्गको लागि ‘ई गभर्मेन्ट’ पुस्तक सार्वजनिक

इन्जिनियरिङ्गको लागि ‘ई गभर्मेन्ट’ पुस्तक सार्वजनिक

इन्जिनियरहरुको लागि ई-गभरमेन्ट पुस्तक सार्वजनिक भएको छ । प्रा.डा. सुवर्ण शाक्य, गणेश गौतम, डा. गजेन्द्र शर्मा र महेश सिंह कठायतद्वारा लेखिएको पुस्तक ई-गभरमेन्ट सार्वजनिक भएको हो ।

अहिलेको युगमा सबै क्षेत्रमा इन्टरनेटको प्रयोग भईरहेकाले विकासको गति एकदमै बढ्दै गएको छ । सरकारी सुविधा देखि लिएर हरेक क्षेत्रमा आमने सामने गरेर सेवा प्रदान गर्ने चलन हट्दै गइरहेको छ ।

यो किताब पनि यही परिपेक्षलाई ध्यानमा राखेर लेखिएको हो । यो किताब सरकारले कसरी जनतालाई राम्रो अनलाइन सेवा दिन सक्छ भनेर जनाउने लक्ष्यका साथ लेखिएको हो ।

\"\"

यो किताबमा ९ च्याप्टरहरु रहेका छन् । पहिलो च्याप्टरमा ईसरकार र ईप्रशासनको बारेमा जानकारी दिइएको छ । त्यस्तै दोस्रो च्याप्टरमा ई सरकारको परिपेक्षमा कसरी अन्तरक्रिया हुन्छ भनेर बताइएको छ । तेस्रो च्याप्टरमा ईसरकारको प्रभावकारी कार्यान्वयनका लागी चाहिने पूर्वाधारको बारेमा बताइएको छ । भने चौथो च्याप्टरमा ई तयारीको बिना ई–सरकार र ई–प्रशासन असम्भव रहेको बारे जनाइएको छ ।

पाचौँ च्याप्टरमा ई–सरकारका लागी चाहिने रणनीतिको विषयमा छलफल गरिएको छ । छैटौँ च्याप्टरमा ई सरकार प्रणालीका लागी चाहिने एप्लिकेसन आर्किटेक्चरको बारेमा जानकारी दिइएको छ । सातौँ च्याप्टरमा ई गभर्नेन्टसँग रिलिभेन्ट डेटा वेयरहाउजिङको वेबिक कन्सेप्ट र डेटा माइनिङको बारेमा बताएइको छ ।

किताबको आठौँ च्याप्टरमा सार्वजनिक निजी साझेदारीको विषयमा छलफल गरिएको छ । भने नौं च्याप्टरमा ई–सरकारको अवधारणलाई साकार गर्नका निम्ति सुरक्षाको मापदण्डहरु पनि एकदमै महत्वपूर्ण हुने विषयमा जानकारी दिइएको छ ।