कीवर्डहरू -

अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।

हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।