कीवर्डहरू -

म्यासेजिङ एप गो एसएमएस प्रो प्रयोगकर्ताका व्यक्तिगत फोटा, भिडियो तथा फाइल बाहिरिए

म्यासेजिङ एप गो एसएमएस प्रो प्रयोगकर्ताका व्यक्तिगत फोटा, भिडियो तथा फाइल बाहिरिए

एन्ड्रोइडको लोकप्रिय म्यासेजिङ मोबाइल एप गो एसएमएस प्रोका प्रयोगकर्ताहरुको व्यक्तिगत फोटा, भिडियो र अरु फाइलहरुलाई बाहिरिरहेका छन् । प्रयोगकर्ताका लाखौं डाटा बाहिरिए पनि एपले बगलाई फिक्स गर्न कुनै कदम चालेको छैन् ।

ट्रस्टवेभमा काम गर्ने सेक्युरिटी रिसर्चरहरुले कमजोरी पत्ता लगाएर गत अगस्टमा नै देखेर एप निर्मातालाई सम्पर्क गरेको थिए । ट्रस्टवेभले कम्पनीलाई समस्या ठीक गर्नका लागी ९० दिनको समय पनि दिएको थियो ।

तर ९० दिन भित्रमा पनि कुनै जवाफ नआएपछि अन्वेषकहरुले यो कुराको जानकारी सबै प्रयोगकर्ताहरुलाई गराएका छन् ।

गो एसएमएस प्रोका प्रयोगकर्ताहरुले फोटा, भिडियो वा अरु फाइलहरु पठाउँछन्, जसले यो एप इन्स्टल गरेको छैन, । यो एपले फाइलहरु सर्भरमा अपलोड गरिदिन्छ र प्रयोगकर्तालाई टेक्स्ट म्यासेजद्वारा वेब एड्रेस शेयर गर्न दिन्छ । जसले गर्दा पाउने व्यक्तिले एप इन्स्टल नगरेरै फाइल देख्न सक्छ ।

तर अन्वेषकहरुको अनुसार एप प्रयोगकर्ताहरुकै बिचमा पनि हरेक पटक फाइल वा फोटो सेयर गर्दा वेब एड्रेस बन्ने गर्दछ । यस्तो हुँदा वेब एड्रेसलाई पूर्वानुमान गर्ने कोही पनि व्यक्तिले अरु प्रयोगकर्ताको निजी फोटा, भिडियो या अरु फाइलहरु हेर्न सक्दछन् ।
गूगल प्ले स्टोरबाट गो एसएमएस प्रो एप १० करोड बढी डाउनलोड भएको छ । टेकक्रन्च ले यही विषयमा छानबिन गर्दा केही दर्जन लिङ्कमै निजी जीवनको एकदमै व्यक्तिगत सूचनाहरु पाएको थियो । त्यसैले यो एप प्रयोग गर्नुभन्दा पूर्व सावधान हुनु एकदमै जरुरी देखिन्छ ।