कीवर्डहरू -

टेलिकमको अटम अफर परिमार्जन, डाटा प्याक खरिद गर्दा थप भ्वाइस सुविधा

टेलिकमको अटम अफर परिमार्जन, डाटा प्याक खरिद गर्दा थप भ्वाइस सुविधा

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर  मंसिर ५ गते शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक  अन्तर्गत २५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।