कीवर्डहरू -

गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउँदै

गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउँदै

गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउने भएको छ । गूगल म्यासेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आएपछि तेस्रो पक्षले म्यासेज पढ्न पाउने छैन् ।

कगूगगले रिच कम्युनिकेसन सर्भिस अर्थात आरसीएस फिचर ग्लोबल रुपमा उपलब्ध भएको घोषणा गरेको छ । आरसीएस फिचरले भिडियो तथा फोटोको गुणस्तरलाई सुधार्छ ।

इन्ड टु इन्ड इन्क्रिप्सन अहिले बेटा परीक्षणमा रहेको छ भने चाँडै प्रयोगकर्ताको लागि उपलब्ध हुने जनाइएको छ ।

गूगल मेसेजेज एप गूगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । धेरै नै एन्ड्रोइड स्मार्टफोनमा यो पहिले नै इन्स्टल भएर आएको हुन्छ तर केहीमा तपाईंले आफैं यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ ।