कीवर्डहरू -

नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ३.४’ नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ३.४’ नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नोकियाले नेपाली बजारमा ‘नोकिया ३.४’ स्मार्टफोन सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन र एन्ड्रोइडको संयोजनको रुपमा नोकिया ३.४ सार्वजनिक भएको हो ।

नोकिया ३.४ मा क्वालकमको स्न्याड्रयाग्न ४६० प्रोसेसर प्रयोग गरिएको छ । पंचहोल डिस्प्लेको साथ अल्ट्रावाइड लेन्स र एआई इमेजिंगको साथ यसमा एक शक्तिशाली ट्रिपल रियर क्यामेरा छ ।

नोकिया ३.४ एन्ड्रोइड वनको साथ आउँदछ, यसमा तीन बर्षको मासिक सेक्यूरिटी अपडेट र दुई बर्षको ओएस अपग्रेडको सुविधा छ ।

पोट्रेट मोडको कलात्मक पृष्ठभूमि ब्लर इफेक्टले फोकस एडजस्ट गर्ने अनुमति दिन्छ जसको साथ  एक प्रो जस्तै तस्वीर खिच्न सक्नुहुन्छ । नाइट मोडको शक्तिशाली छवि फ्यूजन र एक्सपोजर स्ट्याकिंगको साथ कम प्रकाशमा पनि प्रत्येक बस्तु क्याप्चर गर्न सकिने छ ।

यसमा ४००० एमएएच ब्याट्री राखिएको छ, जसले दुई दिनसम्म चार्ज टिकाउने कम्पनीको दाबी रहेको छ ।   लामो समयसम्म मनपर्ने काम गर्न सक्नुहुन्छ ।

नोकिया ३.४ मा ३ जीबी र्याम र ६४ जीबी स्टोरेज उपलब्ध रहेको छ । जसको मूल्य १८ हजार ६९९ रुपैयाँ तोकिएको छ ।