कीवर्डहरू -

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन भएको छ । शनिबार बसेको एक बैठकले प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमित चयन गरेको हो ।

काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपालको उपाध्यक्षमा नरेन्द्र बोहरा र प्रशान्त ठाकुरलाई चयन गरिएको छ । भने महासचिवमा भोजराज घिमिरेलाई चयन गरिएको छ ।

त्यस्तै संस्थाको सचिवमा क्रमशः रमेशसिंह साउद, सुर्य बहादुर बस्नेत र अरूण शर्मालाई चयन गरिएको छ । त्यसैगरी संस्थाको कोषाध्यक्षमा अंकु जैसवाल चयन भएका छन् ।

संस्थाको सदस्यमा क्रमशः सत्य बहादुर महर्जन, हरिप्रसाद पन्त, कुमार प्रसुन, उमेश आचार्य, विकास न्यौपाने, जगदिश भट्ट, चक्र रावल, भोजराज जोशी, पुरण अधिकारी, सुवास परियार, हरिनारायन यादव, हिरण्य बस्ताकोटी र सुदिपराज खड्का चयन भएका छन् ।

काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपालले आईटी क्षेत्रको हकहितका लागि विभिन्न काम गर्ने जनाइएको छ ।