कीवर्डहरू -

सेञ्चुरी बैंकमा अब अनलाइनबाटै खाता खोल्न सकिने

सेञ्चुरी बैंकमा अब अनलाइनबाटै खाता खोल्न सकिने

कोभिड–१९का कारण बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्गलाई सहज बनाएको छ । जसमा बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी ‘सेन्चरी पे’ मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ ।

यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रुपैयाँ बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एकलाख रुपैयाँ सम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक अकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।

उक्त खातामा वार्षिक १५ लाख रुपैयाँ सम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

अनलाइनबाटै बैंकको अकाउन्ट सेवा यहाँ क्लिक गरी बाट लिन सकिन्छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न सकिन्छ ।