कीवर्डहरू -

म्यासेजिङ एप ह्वाट्सएपमा ‘म्युट भिडियो’ शेयर गर्न मिल्ने फिचर आउँदै 

म्यासेजिङ एप ह्वाट्सएपमा ‘म्युट भिडियो’ शेयर गर्न मिल्ने फिचर आउँदै 

म्यासेजिङ एप ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न दिन सक्ने भएको छ । यो फिचरले प्रयोगकर्ताहरुलाई भिडियो सेयर गर्न भन्दा पहिले म्यूट गरेर पठाउन दिन्छ ।

यो फिचर अहिले निर्माण कै अवस्थामा रहेको छ । यो फिचर अरु एडिट गर्न मिल्ने फिचर सँगै नै हुनेछ । यसलाई भिडियो ट्रिम गर्ने, टेक्सट एड गर्ने, ईमोजी हाल्ने जस्ता विकल्प सँगै पाप्त हुनेछ ।

यो फिचर डब्लुएबेटाइन्फोले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन २.२०.२०७.२ भेटाएको थियो । यो एन्ड्रोइड प्रयोगकर्ताका लागी भनेर देखिए पनि आईओएस र वेब प्रयोगकर्ताले पनि पाउने अनुमान लगाइएको छ ।