कीवर्डहरू -

ओपोद्वारा फुलपाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

ओपोद्वारा फुलपाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१मा सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ ।

फुलपाथ कलर म्यानेजमेन्ट सिस्टम, एण्ड्रोइड कलर म्यानेजमेन्ट सिस्टममा फुल डीसीआई पीथ्री वाइड ग्याम्यूट र क्याप्चर, स्टोरेज र डिस्प्लेमा १० बिट कलर डेप्थ सपोर्ट गर्ने पहिलो प्रणाली हो । यसमा निहित प्रमाणिक र सटिक कलर रिप्रडक्शन क्षमताका कारण यसले प्रयोगकर्तालाई अतुलनिय दृष्यानुभुति प्रदान गर्छ ।

‘रंगले सिर्जनशिलताका लागि प्रेरित गर्नुका साथै यर्थाथप्रतिको हाम्रो दृष्टिकोणमै परिवर्तन ल्याउँछ । यही कुरालाई दृष्टिगत गर्दै हामीले कलर म्यानेजमेन्ट सिस्टमका हरेक पक्षलाई सुदृढ गर्दै दैनिकीमा उत्कृष्ट तथा उच्च गुणस्तरिय दृष्य पस्कने प्रयास गरेका छौँ’, ओपोका उत्पादन ब्यवस्थापक पाईले भने ।

‘ फाइन्ड एक्सटू प्रोको स्टेलर कलर परफरमेन्समा आधारित भई नयाँ फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम १०बिट ईमेज क्याप्चरिङ र एचईआईएफ फरम्याट सपोर्टका लागि विशेष सावधानी पूर्वक विकासित गरिएको हो । हाम्रा प्रयोगकर्तालाई त्रुतिरहित ब्यवस्गित रंगको अनुभव प्रदान गर्नु हाम्रो उद्देश्य हो । यसले कन्टेन्ट निर्माताका अन्वेषण, क्याप्चर र आफूलाई खुला रुपमा प्रस्फुटन गराउने कार्यमा तेवा पु¥याउनेमा हामी विश्वस्त छौँ ।’

\"\"

डीसीआई पीथ्री, १०बिट एचईआईएफ विच, एन्ड टू एन्ड सपोर्ट गर्ने फूल पाथ कलर म्यानेजमेन्ट सिस्टमले भिज्यूअल रिप्रेजेन्टेशनको सिमाना बढाउँछ ।

भाविस्यमा ‘वाइड कलर गामुट’ र उच्च कलर डेप्थको ट्रेण्ड नियाल्दै ओपोको आरएण्डडी समूहले कलर रिप्रडक्शनका लागि आफ्ना सम्बन्धित प्रणाली र हार्डवेयरका क्षेत्रमा उल्लेख्य सुधार प्रस्तुत गरेको छ । सार्वजनिक नयाँ प्रणालीले छवि अधिग्रहण, गणना, एन्कोडिङ, सञ्चय, डिकोडिङ र अन्ततः १०बिट कलर डेप्थ र पीथ्री वाइड कलर गामुट सहित एचईआईएफ ईमेज सपोर्ट गर्ने गरी दृष्य सम्प्रेषण गर्छ ।

व्यवस्थापन प्रणालीका रुपमा फुल पाथ कलर म्यानेजमेन्ट प्रणालीले उच्च कोटीको अल्गोरिथम र हार्डवेयर मार्फत दृष्य खिच्दादेखि नै रंग रेकर्ड गर्छ ।

ओपोको आरएण्डडी ईञ्जिनियरिङले विकृति सुधार, मल्टि फ्रेम न्वाइज रिडक्सन  र पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन  लगायत क्षेत्रका अल्गोरिथममा ब्यापक विकास प्रस्तुत गरेको छ । साथै, ओप्पोले डिजिटल ओभरल्याप (डीओएल) एचडीआरपनि सपोर्ट गर्ने क्षमता राख्छ ।

डीओएल एचडीआर प्रविधिले प्रेशित हुने छविमा एक्स्पोजरका विभिन्न अवस्थाको संश्लेषण गर्छ । यसले गर्दा अत्यधिक प्रकाश भएका स्थान लिइएका तस्विरमा समेत आकर्षक रंगहरु कैद हुन्छन् ।

उत्कृष्ट दृष्य सम्प्रेषणका लागि सही हार्डवेयरका साथै क्यालिबरेशनको भुमिकापनि उत्तिकै महत्वपूर्ण हुन्छ । ओपोको स्क्रिन क्यालिबरेशन प्रक्रियाले ब्यवसायिक, डिजिटल फिल्म श्रेणीको रंग सटिकतालाई करिब ०.४ जेएनसीडी पुर्‍याउन सघाउँछ । यसले गर्दा स्क्रिनमा लगातार सटिक र उत्कृष्ट दृष्य सम्प्रेण हुन्छ ।

\"\"

त्यसैगरी ओपोको स्वामित्वमा रहेको अल्गोरिथमले डीसीआई पीथ्रीको आवश्यकता अनुसार समायोजन गरी कलर स्पेशको केन्द्रमा डी६५ ह्वाइट प्वाइन्टका साथमा कलर गामुट अनुकुलताको सुनिश्चितता प्रदान गर्छ ।

१० बिट कलर डेप्थले कलर ग्राडियन्टमा थप सुधार ल्याई सिर्जना र पोष्ट एडिटिङका दौरान भिज्यूअल कन्टेन्टको गुणस्तर अझ आकर्षक देखाउन सघाउँछ ।

जेपीईजी तस्विरको करिव ५० प्रतिशत मात्र साइज भएतापनि नयाँ शक्तिशाली एचईआईएफ फरम्याटले स्थिर तस्विर, ईएक्सआईएफ, डेप्थ ईन्फरमेशन र डायनामिक भिडियो लगायत विभिन्न किसिमका मल्टिमिडिया सपोर्ट गर्छ ।

यसले गर्दा प्रयोगकर्तालाई पर्याप्त सिर्जनात्मक स्वतन्त्रता प्राप्त हुन्छ । एचईआईएफ फरम्याटलाई थप विकसित गरी अल्ट्राहाई कलर डेप्थका लागि समेत अनुकुलता सुनिश्चित गर्न सकिन्छ ।

सन् २०१८ मै ओपोको आरएण्डी समूह स्मार्टफोन प्रयोगकर्ताहरुले झेल्दै आइरहेको कलर सम्बन्धि कमजोरी बारे सजग भइसकेको थियो । यस कुरालाई दृष्टिगत गर्दै आफ्ना प्रयोगकर्तालाई दृष्यानुभवमा उत्कृष्टता दिने सोचका साथ समूह कलर करेक्शनमा माथि अन्वेषण गर्दै आइरहेको छ ।

अब भने बृहत्त कलर करेक्शन सोलुसन प्रदान गर्दै ओपो एक कदम अगाडी बढेको छ । हाल भने ओपोले जेज्याङ विश्वविद्यालयसँग सहाकार्य गर्दै कलर करेक्शनमा अझ सटिक समाधान उपलब्ध गराउन आफ्ना सम्भावित प्रयोगकर्ताहरु माझ कलर भिजन टेस्टको एक्यूरेट क्वान्टिफिकेशन गरिरहेको छ ।

विश्वविद्यालयका कलर एण्ड ईमेज साईन्सका प्राध्यापक डा. ल्यो मिंगले भने, ‘हामी हाल मानव कल्याणका लागि मानिसको ब्यक्तिगत पृथकता माथि बढी जोड दिइरहेका छौँ । यस आधारमा भविष्यको कलर करेक्शन प्रणाली अझ प्रयोगकर्ता केन्द्रित हुने निश्चित छ ।

आउँदा दिनहरुमा प्रयोगकर्ताहरुले आफ्नो आवश्कता र चाहना अनुसार स्मार्टफोनको प्यालेट मार्फट पृथक र ब्यक्तिगत चाहना अनुसार डिस्प्ले चयन गर्न र परिक्षण तथा परिमार्जन गर्न सक्नेछन् ।’

नवप्रबर्तनका लागि खर्चेको लामो समयका कारण ओपो अहिले स्मार्टफोनका लागि कलर एक्स्प्रेशनमा नयाँ उचाई पाउन सफल भएको छ । फुल पाथ कलर म्यानेजमेन्ट प्रणाली पहिलो पटक ओपोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्री सिरिज मार्फत उपलब्ध गराइनेछ ।

आफ्नो प्रमाणिक, सटिक र ब्यक्तिगत कलर म्यानेजमेन्ट मार्फट ओपोले आफ्ना प्रयोगकर्तालाई सहज रुपमा विश्वको अनुभव गर्दै जीवनका पलहरु अझ रंगिनरुपमा कैद गर्न सघाउने उद्देश्य राखेको छ ।