कीवर्डहरू -

माइक्रोसफ्ट टिम्समा अब २४ घण्टा निःशूल्क कल गर्न सकिने

माइक्रोसफ्ट टिम्समा अब २४ घण्टा निःशूल्क कल गर्न सकिने

माइक्रोसफ्ट टिम्सले दिनभर निःशूल्क भिडियो तथा भ्वाइस कल गर्न मिल्ने सुविधा दिन थालेको छ । अब ३०० जनासँग एकैचोटि २४ घण्टा सम्म कुराकानी गर्न सकिने छ ।

यो निःशुल्क सुविधा डेक्स्टप र वेबबाट प्रयोग गर्न सकिने छ । २४ घण्टाको समय दिएकाले च्याट पनि लामो समय सम्म गर्न सकिन्छ । ग्यालेरी भ्यू या टूगेदर मोडले एउटै फ्रेममा ४९ जना सम्म अटाउन सक्छन् ।

साथै अब च्याट हिस्ट्रीलाई सजिलै सिन्क पनि गर्न सकिन्छ अर्थात यसलाई डेक्स्टप पीसी देखि स्मार्टफोनको बिचमा सजिलै स्वीच गर्न मिल्छ । यति मात्रै नभएर फोटो, भिडियो अपलोड पनि गर्न सकिन्छ ।

यसले टिम्स नभएका सँग फोन बाट पनि च्याट गर्न सकिन्छ । यी सबै नयाँ फिचरहरु प्रीभ्यूका लागी डेक्सटप र मोबाइल टीम एपमा उपलब्ध हुनेछन् ।