कीवर्डहरू -

ट्रुकलर जस्तै एपमा काम गर्दैं गूगल

ट्रुकलर जस्तै एपमा काम गर्दैं गूगल

गूगलले गोप्य रुपमा ट्रुकलर जस्तै एपको निर्माण गरिरहेको छ । जसलाई ‘गूगल  कल’ भनिने छ ।  यसले कलर आइडी र स्पामलाई प्रोटेक्सन गर्नेछ ।

गूगलले यो एपको बारेमा  आधिकारिक रुपमा केही पनि जानकारी दिएको छैन् । यो नयाँ एपको बारेमा युट्युबको एउटा विज्ञापनबाट थाहा पाइएको थियो ।

यो एप गूगल प्लेमा चाँडै उपलब्ध हुने अनुमान गरिएको छ । युट्युबको विज्ञापनले एपको नाम र लोगो थाहा भएको हो । विज्ञापनमा कल ढुक्क साथ उठाउन सकिने बताइएको छ ।

यसैबिच गूगल फोन एपमा केही नयाँ फिचरहरु आएका छन् । गूगल फोन एप नन पिक्सेल फोनमा समेत उपलब्ध रहेको छ । यसमा नयाँ फिचर राखिएको छ जसले गर्दा स्क्रीन लक भएको अवस्थामा एपले कलरको नाम र फोन नम्बर पढिदिने गर्दछ ।

यो एपमा कल स्क्रीन रेकर्ड भएको ३० दिनपछि स्वतः नै रेकर्ड डिलिट हुन्छ । नयाँ एपलाई ट्रुकलर प्रयोगकर्ताले मन पराउँछन की मन पराउँदैनन भनेर हेर्न बाँकी छ । एजेन्सीको सहयोगमा