कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रले बनायो ब्याट्रीबाट चल्ने ‘गुड्ने बुथ’ 

राष्ट्रिय आविष्कार केन्द्रले बनायो ब्याट्रीबाट चल्ने ‘गुड्ने बुथ’ 

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्ने बुथ बनाएको छ । सो बुथ बनाएर केन्द्रले बीर अस्पतालमा कोरोनाको बिरामीहरु राखेको जेआईसीए वार्डलाई हस्तान्तरण गरेको छ ।

यो बुथ भित्र बसेर स्वास्थ्यकर्मीहरुले बिरामीको बेडहरुमा पुगेर जाँच्दा सो स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्ने सम्भावना धेरै नै कम हुने आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिएका छन् । यो बुथ ब्याट्री बाट चल्छ र यसलाई गुडाउन जोय स्टिक प्रयोग गरिन्छ ।

यो बुथ भित्रको हावाको चाप बाहिरको हावाको चाप भन्दा बढी हुने गरेर मिलाईएको छ अर्थात बुथ भित्र पोजेटिभ प्रेसर हुन्छ । यसो गर्दा भित्रको हावाले बाहिरको हावालाई बाहिर धकेलेर भित्र छिर्न दिंदैन ।

पंखाद्वारा बुथ भित्र आउने हावालाई भाइरल फिल्टर बाट छानेर भित्र ल्याइएको हुन्छ । बीर अस्पतालका स्वास्थ्यकर्मीहरुले उक्त गुड्ने बुथलाई चलाउन सिक्दैं गरेको संस्थाका अध्यक्ष महावीर पुनले जनाएका छन् ।