कीवर्डहरू -

सामसङको फोल्डिङ फोन जेड फोल्ड ३ आगामी जुनमा सार्वजनिक हुन सक्ने

सामसङको फोल्डिङ फोन जेड फोल्ड ३ आगामी जुनमा सार्वजनिक हुन सक्ने

सामसङको पहिलो फोल्डिङ फोनले धेरै सफलता पाएन । पहिलो फोनले सफलता नपाएता पनि सामसङको फोल्डिङ फोन ग्यालेक्सी जेड फोल्ड २ ले कम्पनीलाई केही सहयोग गरेको छ ।

अब कम्पनीले फेरि पनि फोल्डिङ फोन ल्याउने भएको छ । दक्षिण कोरियाको पब्लिकेसन अजुन्युजका अनुसार सामसङले ग्यालेक्सी जेड फोल्ड ३ जुन २०२१ मा सार्वजनिक गर्न सक्ने भएको छ ।

यो फोनलाई स्क्रीन क्यामेरा टेक्नोलोजी प्रयोग गरेर निकालिने बताइएको छ । यो फोनले एस पेन सपोर्ट पनि पाउने अनुमान लगाइएको छ । यसमा सामसङले बनाइरहेको अल्ट्रा थिन ग्लास टेक्नोलोजी पनि प्रयोग हुन सक्ने छ ।

यसमा एस पेन राख्ने छुट्टै ठाउँ हुनेछ । सामसङको आउँदो फोन ग्यालेक्सी एस २१ अल्ट्राले पनि एस पेन सपोर्ट गर्ने अनुमान गरिएको छ ।