कीवर्डहरू -

मंसिर १३ गते ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ हुँदैं

मंसिर १३ गते ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ हुँदैं

‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ मंसिर १३ गते आयोजना हुँदैं छ । ब्रान्डवर्थ प्रालिले डिजिटल इकोनोमीमा नेपालमै पहिलोपटक कन्क्लेभ आयोजना गरेको हो ।

कनक्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालाहरुलाई एकै छानामुनि ल्याएर यसको भविष्य, सम्भावना र चुनौती लगायत विषयमा बृहत् छलफल हुने जनाइएको छ । यो कन्क्लेभ एपीवान एचडी टेलिभिजन र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

\"\"

डिजिटल इकोनोमी कन्क्लेभमा विभिन्न सेसनहरु सञ्चालन हुनेछन् । जसमा डिजिटल इकोनोमी, डिजिटल बैंकिङ, ईकमर्स, अनलाइन पेमेन्ट लगायतका विभिन्न विषयमा सरोकारवालाहरुबीच छलफल हुनेछ ।