कीवर्डहरू -

इलन मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति, यो वर्ष मात्रै थपियो १ खर्ब डलर भन्दा बढी सम्पति

इलन मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति, यो वर्ष मात्रै थपियो १ खर्ब डलर भन्दा बढी सम्पति

टेस्लाका को फाउन्डर इलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गेट्सलाई पछि पार्दैं विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् ।

ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षका इलन मस्कको सम्पती १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर  भन्दा बढी सम्पती थपिएको छ ।

टेस्लाको मार्केट भ्यालु पनि ५०० अर्ब डलर नजिक पुगेको छ । गत हप्तामात्रै मस्कले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई उछिनेका थिए । गत जनवरीमा मस्क अर्बपतिको सूचीमा ३५ नम्बरमा थिए ।