कीवर्डहरू -

नबिल बैंक र दराजबीच सहकार्य, उद्यमीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने

नबिल बैंक र दराजबीच सहकार्य, उद्यमीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने

नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्याउन नबिल बैंक र दराजले सम्झौता गरेका छन् ।नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराजका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुबैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तिय कार्यक्रम सुरू भएको छ, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याजदरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ,’ नबिल बैंकका डेपुटी सीईओले भने, ‘हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पुर्‍याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं ।’

‘हाम्रो विश्वास छ कि यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ’ उनले भने ।

‘सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ,’ दराजका प्रबन्ध निर्देशकले भने, ‘हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । यो नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं ।’

‘नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं’ उनले भने ।