कीवर्डहरू -

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ ।

कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणी ग्राहकले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन् ।

यस सुबिधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।