कीवर्डहरू -

वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड 

वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड 

रातमा नेट चलाउँदा ब्राइटनेसले हाम्रो आँखा बिगार्ने गर्दछ । यस्तो अवस्थामा डार्क मोडलाई इनेबल गर्दा सहज हुन्छ ।

आज हामी तपाईलाई वेब ब्राउजरमा कसरी डार्क मोड अन गर्ने बारे जानकारी दिदैंछौं ।  गूगल क्रोम र माइक्रोसफ्ट एड्जमा डार्क मोड यसरी इनेबल गर्न सकिन्छ ।

क्रोमको डेक्स्टप भर्सनमा यसरी डार्क मोड इनेबल गर्नुहोस्

क्रोमले आधिकारिक रुपमा डार्क मोड दिने गर्दैन् । तर यसलाई विन्डोज र म्याकओएसको सिस्टम सेटिङ्ग प्रयोग गरेर परिवर्तन गर्न भने सकिन्छ ।

यसका लागी पीसी प्रयोगकर्ताले सेटिङ्गमा गएर पर्सनलाइजेस मा जाने र त्यहाँबाट आफूलाई मनपरेको रङ्ग छान्ने ।
त्यसैगरी म्याक प्रयोगकर्ताले सिस्टम प्रिफेन्सेजमा जाने र जनरलमा गएर अपिअरेन्समा थिच्ने । यति गरेपछि डार्क मोडलाई छान्न सकिन्छ ।

क्रोमको मोबाइल एपमा यसरी डार्क मोड इनेबल गर्नुहोस्

क्रोमको एन्ड्रोइड एपमा आधिकारिक डार्क मोड रहेको छ जसलाई सजिलै इनेबल गर्न सकिन्छ । यसका लागी प्रयोगकर्ताहरुले क्रोममा गएर दाँया भागमा रहेका तीन ओटा थोप्लामा थिच्नुपर्छ र सेटिङ्गमा गएर थिममा थिच्नुपर्छ । त्यसपछि डार्क मोड छान्न सकिन्छ ।

माइक्रोसफ्ट एजको डेक्स्टप भर्सनमा यसरी डार्क मोड इनेबल गर्नुहोस्

माइक्रोसफ्ट एजमा भने बिल्ट इन डार्क मोड हुने गर्दछ । यसको लागी प्रयोगकर्ताले सेटिङ्गमा गएर अपिअरेन्समा थिच्नुपर्छ । त्यहाँ गएर डिफल्ट थीमबाट डार्क मोड छान्नुपर्छ ।

माइक्रोसफ्ट एजको मोबाइल एपमा यसरी इनेबल गर्नुहोस् डार्क मोड

आइओएसका लागी प्रयोगकर्ताले तीन ओटा थोप्ला भएको मेन्यू खोल्नुपर्छ र सेटिङ्गमा गएर डार्क मोड छान्नुपर्छ ।

एन्ड्रोइडका लागी भने तीन ओटा थोप्ला भएको मेन्यू खोल्नुपर्छ र सेटिङ्गमा गएर अपिअरेन्समा थिच्नुपर्छ । त्यहाँ गएर डिफल्ट थीमबाट डार्क मोड छान्नुपर्छ ।