कीवर्डहरू -

फेसबुकले सार्वजनिक गर्‍यो ड्राइभस फिचर, आवश्यक खानेकुरा तथा कपडा संकलन गर्न सहयोग गर्ने

फेसबुकले सार्वजनिक गर्‍यो ड्राइभस फिचर, आवश्यक खानेकुरा तथा कपडा संकलन गर्न सहयोग गर्ने

फेसबुकले ‘ड्राइभस’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले चाहिएको मान्छेहरुका लागी खानेकुरा र कपडा संकलन गर्ने सामाजिक सञ्जाल बनाइदिने गर्दछ ।

यो  फिचर अहिलेको अमेरिकामा मात्र उपलब्ध गराइएको छ । यसलाई फेसबुकको सर्चबारमा गएर क्मयुनिटी हेल्प भनेर टाइप गरेर प्राप्त गर्न सकिन्छ । त्यसपछि त्यहाँ गएर ‘रिक्वेस्ट वा अफर हेल्प’ भनेर सामान लिन या दिन सकिन्छ ।

त्यसपछि त्यहाँ एउटा फर्म आउँछ जसमा कुन खालको सामान चाहिएको हो र कति ओटा चाहिएको हो भनेर बताउनुपर्छ । त्यसपछि ट्रयाकरले त्यसको बारेमा अरु प्रयोगकर्ताहरु पनि देखाउँछ । यो फिचर चाँडैनै सबैको लागी उपलब्ध हुनेछ ।