कीवर्डहरू -

स्पटलाईटले प्रयोगकर्ताहरुलाई भिडियो भाइरल बनाएमा दिनको १० लाख रुपैयाँ दिने

स्पटलाईटले प्रयोगकर्ताहरुलाई भिडियो भाइरल बनाएमा दिनको १० लाख रुपैयाँ दिने

स्न्यापच्याटको स्पटलाईटले प्रयोगकर्तालाई भिडियो भाइरल बनाएमा एक दिनको १ मिलियन अमेरिकी डलर अर्थात १० लाख रुपैयाँ दिने भएको छ । स्पटलाईट स्न्यापच्याटको टिकटक जस्तै फिचर हो ।

यो फिचर पनि स्नापच्याटले टिकटकसँग प्रतिस्पर्धा गर्नका लागी नै ल्याएको हो । अब स्पटलाईटमा ‘द मोस्ट इनगेजिङ’ भनेर ट्याब आउँछ जसमा प्राइभेट अकाउन्ट या ठूलो स्टारहरुको भिडियो पनि आउने गर्दछ ।

एक दिनको १ मिलियन अमेरिकी डलर पाउने सुविधा यो वर्षको अन्तय सम्म चल्ने बताइएको छ । तर अझै सफलता पाएमा यो फिचरलाई २०२१ सम्म पनि लम्बयाउन सक्ने बताइएको छ ।

पैसा पाउन यो स्कीम अन्तरगत आवेदन बुझाउनुपर्ने हुन्छ । कमाई गर्न प्रयोगकर्ताले कति भिडियो बनाएको छ भन्ने पक्षले पनि फरक पार्ने गर्दछ । पैसा पाउनका लागी प्रयोगकर्ताहरुको उमेर १६ वर्ष लागेको या त्यो भन्दा बढी हुनुपर्छ ।

बिबिसीको सहयोगमा