कीवर्डहरू -

सनराइज बैंकमा अनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने

सनराइज बैंकमा अनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने

सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल रुपमा कारोबार समेत गर्न सक्नेछन् ।

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेबसाइट मा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका शुन्य मौज्दातमा ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।

खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ ।