कीवर्डहरू -

भेरिफिकेसन प्रक्रिया पनुः सुरु गर्दैं ट्विटर 

भेरिफिकेसन प्रक्रिया पनुः सुरु गर्दैं ट्विटर 

ट्वीटरले फेरि प्रयोगकर्ताहरुलाई भेरिफाई गर्न थाल्ने भएको छ । ट्वीटर भेरिफिकेसन प्रक्रिया सन् २०२१ बाट सुरु हुनेछ ।

ट्वीटरले सन् २०१७ मा पनि यो सेवा सुरु गरेको थियो । ट्विटर भेरिफिकेसन विवादमा परेपछि टवीटरले तत्कालै भेरिफाई गर्ने प्रक्रियामा रोक लगाएको थियो ।

भेरिफिकेसनले त्यो प्रयोगकर्ता महत्वपूर्ण रहेको भन्ने जनाउँछ । कम्पनीले यही वर्ष गलत जानकारी फैलिन बाट रोक्न १ हजार स्वास्थ्यकर्मीहरुलाई भेरिफाई गरेको थियो ।

२०१७ कै विवाद फेरि दोहोरिनबाट बच्न ट्वीटरले प्रयोगकर्ताहरुसँग पनि प्रतिक्रिया लिनेछ । जसमा ट्विटरले भेरिफिकेसनका लागि ड्राफ्ट सार्वजनिक गरी त्यसमा  प्रतिक्रिया मागेको छ ।

साथै प्रयोगकर्ताहरुले ट्वीटरको सर्वेक्षणमा पनि जवाफ दिन सक्छन् वा ह्यासट्याग #VerificationFeedback लेखर पनि ट्विट गर्न सक्ने छन् ।

हाल ट्विटरले सार्वजनिक गरेको ड्राफ्टमा कुनै किसिमको परिवर्तन भएको खण्डमा सरकारी अकाउण्ट, कम्पनी, ब्राण्ड, नन–प्रोफिट अर्गनाइजेशन, न्युज अकाउण्ट, इन्टरटेन्मेन्ट अकाउण्ट, स्पोर्स, एक्टिभिस्ट, अर्गनाइजर र इन्फ्लुएन्सर व्यक्तिका ट्वीटर अकाउन्ट भेरिफिकेसनका लागि प्रक्रिया सुरु हुनेछ ।

निलो ब्याज पाउन भने प्रयोगकर्ताहरुको अकाउन्ट एक्टीभ हुनुपर्ने हुन्छ ।