कीवर्डहरू -

एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण प्रदान

एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण प्रदान

नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।

विस २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८जना वृद्धावृद्धाहरुलाई आश्रय दिएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देद्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ)लाई उक्त सामानहरु ह्स्तान्तरण गरेका थिए ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।