कीवर्डहरू -

सरकारी कार्यालयमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै, आउँदो २ वर्षभित्र शतप्रतिशत बनाउने उदेश्य

सरकारी कार्यालयमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै, आउँदो २ वर्षभित्र शतप्रतिशत बनाउने उदेश्य

सरकारी कार्यालयहरुमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै हुने गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । शनिबार जारी फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

आगामी २ वर्षभित्र ७० प्रतिशत पेमेन्ट सिस्टमलाई शतप्रतिशत बनाउने संकल्पका साथ अगाडी बढिरहेको उनले बताए ।

‘हाम्रो बजेट प्रणालीमा पनि डिजिटल प्रविधि प्रयोगलाई हामीले अगाडी बढाइरहेका छौं,’ पौडेलले भने, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट लगायत निजी क्षेत्रसँग हामी सहकार्य गरी प्रवर्द्धन गर्न चाहिरहेका छौं ।’

‘डिजिटल इकोनोमीलाई शसक्त प्रभावकारी र परिणामदायी बनाउन अगाडी बढ्न चाहिरहेको छ र यसका निम्ति हामी आउने दिनमा हाम्रा प्रयासहरुलाई अझ प्रभावकारी बनाएर जान्छौं’ उनले भने ।