कीवर्डहरू -

आइसिटी क्षेत्रका विज्ञ तथा उद्योगहरुको रोष्टर निर्माण गर्दैं सरकार, यसरी भर्नुहोस् विवरण

आइसिटी क्षेत्रका विज्ञ तथा उद्योगहरुको रोष्टर निर्माण गर्दैं सरकार, यसरी भर्नुहोस् विवरण

सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको विवरण संकलन गरी ‘आइसिटी रोष्टर’ निर्माण गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रवर्द्धन लागि प्राज्ञिक संस्था र निजी क्षेत्रसँग सहकार्य गर्दैं आएको छ । यस सहकार्यलाई भविष्यमा सहजिकरण गर्नका लागि आइसिटी रोष्टर निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दैं सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा निकायहरुलाई विवरण भर्न अनुरोध गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा निकायहरुले यहाँ क्लिक गरी आफ्नो विवरण भर्न सक्ने छन् ।

\"\"