कीवर्डहरू -

एनसेलको नयाँ सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एनसेलको नयाँ सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ ।

कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थालेको हो ।

सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको जनाएको छ ।