कीवर्डहरू -

ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुराः यस्ता छन् आकर्षक अफर

ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुराः यस्ता छन्  आकर्षक अफर

अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा विभिन्न छुटसहितको आकर्षक स्किम ल्याएको छ । स्किम अन्तरगत ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् ।

यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले ट्याक्सीमाण्डु फस्ट  प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नुपर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५ रुपैयाँ पाउनेछन् ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत् १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि कम्पनीले मिलाएको छ ।

स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डु एपमा २ हजारभन्दा बढी ट्याक्सी चालक आबद्ध भएर यात्रुलाई सेवा दिइरहेका छन् ।

यसलाई अझै विस्तार र व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता ट्याक्सीमाण्डु प्रालिका प्रवन्ध निर्देशक अर्जुन केसीले जनाएका छन् ।