कीवर्डहरू -

फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा जनवरीमा सार्वजनिक हुन सक्ने 

फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा जनवरीमा सार्वजनिक हुन सक्ने 

फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’ जनवरीमा सार्वजनिक हुन सक्ने भएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार फेसबुकको लिब्रा आगामी जनवरीमा सार्वजनिक हुन सक्ने छ ।

सुरुमा लिब्रालाई अनावरण गर्दा यसले अरु कुनै विश्वको करेन्सी सँग मेल नखाइकनै एउटा नयाँ छुट्टै करेन्सीको रुपमा स्थापना हुने भनिएको थियो । यो विश्वको थुप्रै करेन्सीहरुको मिश्रणले बनेको थियो ।

धेरै ओटा केन्द्रीय बैंकहरुले यो सन्दर्भमा अलि अप्ठयारो मानेको हुँदा लिब्रा एसोसिएसनले यसलाई परिमार्जित गर्न काम गर्न थालेको छ । अहिले कम्पनी एकल मुद्रा रहेको स्टेबलकोइनमा काम गर्न थालेको छ ।

स्टेबलकोइन क्रिप्टोकरेन्सी हाम्रो आमजीवनमा काम लाग्ने मुद्रा जस्तै हो । यसको एक यूनिट एक डलर सरह नै हुने गर्दछ । यसलाई मेसेन्जर र ह्वाट्सएपद्वारा चलाउन सकिन्छ ।