कीवर्डहरू -

एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्ने

एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्ने

एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्न भएको छ । व्यापार तनावको कारण एप्पलले यस्तो गर्न सक्ने भएको हो ।

एप्पलले केही म्याकबुक र आइप्याडको उत्पादनलाई भीयतनाममा सार्ने भएको हो । यस्तो गर्दा चीन र अमेरिका बिच चलिरहेको व्यापार तनावको क्षति कम हुन्छ । भियतनामको बाकग्याङ प्रदेशमा एसेमबली लाइनहरु सन् २०२१ को पहिलो आधामा तयार हुने बताइएको छ ।

यसले सोनीको टिभी बनाउनमा पनि मद्दत पुर्‍याउनेछ । चीनमा फक्सकन कम्पनीले उत्पादन गरिरहेको थियो । एप्पलले भारतमा पनि आइफोनको उत्पादन सार्न सक्ने बताइएको छ ।

चीन आफ्नो देशमा चलिरहेको कम्पनीहरु माथि ठूलो हावी रहेको छ । त्यहीकरणले एप्पलले बिस्तारै आफूलाई चीनबाट हटाउने प्रयासमा लागीरहेको छ । बाइडेनको सरकारले भने चीन सँग सम्बन्ध अलि शान्त गर्ने विश्वास गरिएको छ ।

एजेन्सीको सहयोगमा