नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चालन गर्न अनुमति दिएको छ । केही दिन अघि मात्रै एनसीएचएलले स्वीच सञ्चालनको स्वीकृति पाएको हो ।
स्वीच स्थापना भएपछि भिजा, युनियन पे, मास्टरकार्ड जस्तै नेपालको आफ्नै छुट्टै पेमेन्ट कार्ड जारी हुनेछ ।
नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुबाट लगानी रहेको कम्पनी हो ।
एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस कनेक्ट आइपीएस ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।