कीवर्डहरू -

ई लर्निङका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने 

ई लर्निङका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने 

ई लर्निङका लागि शिक्षाको पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ब्राण्डवर्थ कम्पनीले शनिबार आयोजना गरेको फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० मा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।

सो कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दीपक शर्माले सिकाइमा प्रविधीको प्रयोग १० वर्ष पहिले नै प्रारम्भ भएको बताए । यसलाई मास्टर प्लानका रुपमा लैजान जरुरी भएको प्रवक्ता शर्माको भनाई थियो ।

आइटी शिक्षा र इ शिक्षाको सुरुवात सरकाले सुरु गरिसकेको उनले बताए । आइटी इन एजुकेशन भनेर सरकारले २०१३ मा सुरु गरेको उनले बताए ।

इलर्निङकालागि अहिले नेपालमा ५ वर्गका विद्यार्थी छन् । जो अध्ययनका लागि केही नभएका,अर्काथरी रेडियोको पहुँच भएका, टेलिभिजनको पहुँच भएका, डेक्स्टप तथा ल्यापटप  लगायतको पहुँच भएका छन् । ती वर्गका विद्यार्थीहरुलाई समेट्न सबै विद्यालयहरुले सक्दो प्रयास गरिरहेको प्रवक्ता शर्माले बताए ।

उनले योजनाबद्ध हिसाबले २०१५ मा स्कूल सेक्टर डेभलपमेन्ट प्लान सुरु गरेको र आइटी इन एजुकेशनलाई एउटा क्रश कटिङ कम्पोनेन्टको रुपमा काम गरेको बताए ।

साथै त्यसले विद्यालयमा कसरी आइटीलाई लान सकिन्छ भनेर काम गरेको शर्माको भनाई थियो । त्यसै कार्यक्रम सुरु भएको वरिपरी डिजिटल नेपाल फेमवर्क आएको हो । प्रवक्ता शर्माका अनुसार त्यस अगाडी पनि सरकारले डिजिटल शिक्षाको अध्यास गरेको थियो ।

त्यसैगरी, सो कार्यक्रममा टिच फर नेपालकी अध्यक्ष स्वस्तिका श्रेष्ठले इलर्निङको कुरा कोरोनापछि मात्रै समस्या समाधानका रुपमा आएको भएपनि यसलाई दिर्घकालिन रुपमा लैजानुपर्ने आजको आवश्यकता भएको बताइन् । समग्रमा डिजिटल इकोनोमीको कुरा भइरहँदा त्यसमा ८० प्रतिशत विद्यार्थीहरु जो प्राइभेट स्कूलमा अध्ययन गर्छन,उनीहरु कसरी सहभागी हुने भन्ने छलफलका विषय भएको बताइन् ।

इलर्निङका लागि पहुँचको कुरा गर्दा पब्लिक स्कूलमा ८० प्रतिशत विद्याथीहरुको र बाँकी २० प्रतिशत विद्यार्थीका मुद्धा फरक खालको रहेको उनको अनुभव छ । युनिसेफको एक अध्ययनका अनुसार  नेपालमा रेडियोमा २५ प्रतिशत , टेलिभिजनमा ३५ प्रतिशतको हाराहारीमा पहुँच रहेको श्रेष्ठले बताइन् । त्यस्तै,मोबाइल फोनको पुँच हेर्ने हो भने झण्डै ९० प्रतिशत जति रहेको उनको भनाई छ ।

इलर्निङका लागि प्रविधीको पहुँच भएपनि त्यसलाई कसरी अध्यापनसँग जोड्ने भन्ने समस्या रहेको श्रेष्ठले बताइन् । डिजिटल कक्षाको कुरा गर्दा शिक्षकहरुको तयारीको भूमिका पनि महत्वपूर्ण हुनेमा उनको जोड थियो । प्रविधिको प्रयोग गरेर शिक्षकहरुले सेवा दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि महत्वपूर्ण रहेको उनले बताइन् । त्यसैले यसका वृहत तहहरु रहेको भन्दै यस विषयमा ब्यापक छलफल गर्नुपर्ने उनको तर्क छ ।

इलर्निङमा संभावनाहरु प्रशस्त भएको त्यसलाई खोज्नुपर्ने आश्यकता रहेको उनको भनाई थियो । त्यस्तै,यसमा चुनौती पनि उस्तै रहेको श्रेष्ठले बताइन् ।

त्यसैगरी सो कार्यक्रमा बोल्दै युलेन्स स्कूलका प्रिन्सिपल मेदिन लामिछानेले सरकारले कोरोनाका कारण लकडाउन ग¥यो,त्यतिबेलाभन्दा अगाढीको अवस्थामा ९५ प्रतिशत प्राइभेट स्कूलको अवस्था पब्लिक स्कूलको भन्दा फरक नभएको बताए ।

अहिले पनि अधिकांश स्कूलहरुमा प्रिन्सिीपको कार्यालय बाहेक अन्त इन्टरनेट नभएको भन्दै यसले इलर्निङमा समस्या पर्ने बताए । विद्यार्थीहरुलाई कम्प्युटर पढाउँदो थेउरी पढेर मात्रै अध्यासका लागि मात्रै ल्याबमा लगिन्ने कार्यले डिजिटल सिकाई प्रयाप्त नहुने उनको भनाई छ ।

लकडाउन अघि विद्यार्थीलाई स्कूल कलेजमा स्मार्ट फोन ल्याउन पनि बन्देज थियो । डिजिटल शिक्षाको सबैभन्दा सजिलो र सहज पहुँच साधन मोबाइल भएकोे भन्दै  त्यसले डिजिटल सिकाइमा महत्वपूर्ण भूमिका खेल्ने प्रिन्सिपल लामिछानेले बताए ।