कीवर्डहरू -

माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने

माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने

अहिले पनि ईन्टरनेट एक्सपलोरर ११ प्रयोग गरिरहने प्रयोगकर्ताहरुका लागी माइक्रोसफ्टले फेरि यो बानी छुटयाउन तर्फ काममा लागेको छ ।

अब माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने भएको छ । माइक्रोसफ्टले पटक पटक प्रयोगकर्ताहरुलाई माइक्रोसफ्ट एज प्रयोग गर्न भनिरहेको छ ।

मार्च ९, २०२१ मा भने  ईन्टरनेट एक्सपलोरर ११ पुरै तरीकाले बन्द हुनेछ । यही कारणले अहिले देखि नै बानी छोड्यो भने राम्रो हुनेछ ।

ईन्टरनेट एक्सपलोरर ११ का प्रयोगकर्ताहरुले माइक्रोसफ्ट ३६५ को पनि पहुँच नपाउने बताइएको छ । यो पुरै तरीकाले अगस्ट १७, २०२१ मा बन्द हुनेछ ।

माइक्रोसफ्ट ३६५ प्रयोगकर्ताहरुले सकेसम्म माइक्रोसफ्ट एड्ज या अरु ब्राउजरमा गएमा सजिलो हुनेछ ।