कीवर्डहरू -

नेपाल क्लियरिङ हाउस मार्फत ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार

नेपाल क्लियरिङ हाउस मार्फत ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म डिजिटल प्रणालीबाट १५५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार गरेको छ ।

शनिबार आयोजना भएको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै नेपाल क्लियरिङ हाउस लिमिटेड प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले एनसीएचएल मार्फत चालु आर्थिक वर्षको ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार भएको जानकारी दिएका थिए ।

हालै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल राष्ट्र बैंकबाट ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चालन गर्न अनुमति पाएको समेत छ । स्वीच स्थापना भएपछि भिजा, युनियन पे, मास्टरकार्ड जस्तै नेपालको आफ्नै छुट्टै पेमेन्ट कार्ड जारी हुनेछ ।

नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुबाट लगानी रहेको कम्पनी हो ।

एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस कनेक्ट आइपीएस ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।