कीवर्डहरू -

परम्परागत खाता प्रकियालाई डिजिटलाइज गर्न आयो ‘मेरो कारोबार’ एप

परम्परागत खाता प्रकियालाई डिजिटलाइज गर्न आयो ‘मेरो कारोबार’ एप

बाइटकेयर टेक्नोलोजी ले ‘मेरो कारोबार’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । साना तथा मझौला व्यवसायको परम्परागत खाता पक्रियालाई डिजिटलाइज गर्ने उदेश्यका साथ कम्पनीले यो एप सञ्चालनमा ल्याएको हो ।

बाइटकेयर टेक्नोलोजीको यो पहिलो उत्पादन समेत हो । यस एपको सहयोगले सजिलै ग्राहकको खाता ट्रयाक गर्न सकिन्छ ।

बाइटकेयर टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत समिर फुयाल भन्छन्, ‘मेरो आमा बुबाको सानो कस्मेटिक पसल छ । उहाँहरुलाई ग्राहकको जानकारी भेट्न र क्रेडिट कारोबार रेकर्ड गर्न गार्‍हो भइरहेको थियो । यो समस्या मेरो आमाबुबाको मात्र नभएर धेरै जनाको हो । त्यही समस्यालाई समाधान गर्न मेरो कारोबार एप आएको हो ।’

‘यो एप डाउनलोड गरेर ३० दिनसम्म निःशूल्क चलाउन सकिने छ । त्यसपछि भने यसलाई खरिद गर्नुपर्ने हुन्छ’ उनले भने ।

मेरो खाता एपमा व्यक्तिगत रुपमा डिजिटल खाता बनाउन सकिने तथा लेनदेन ट्रयाक गर्न सकिने, ग्राहकको रिपोर्ट हेर्न वा डाउनलोड गर्न सकिने, पैसा जम्मा गर्न रिमाइनडर पाइने, डेटा अटोमेटिक ब्याकअप हुने, एप अनलाइन तथा अफलाइन प्रयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

यो एप नेपाली तथा अंग्रेजी दुबै भाषामा उपलब्ध रहेको छ । अहिलेलाई यो एप एन्ड्रोइडको लागि मात्रै उपलब्ध रहेको र ओइओएसको लागि पनि चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले मेरो कारोबार एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

कसरी प्रयोग गर्ने यो एप ?