कीवर्डहरू -

ह्याकरले कम्प्युटर सिस्टममा हानी पुर्‍याएर वैज्ञानिकलाई भाइरस वा टक्सीन बनाउन लगाउन सक्ने

ह्याकरले कम्प्युटर सिस्टममा हानी पुर्‍याएर वैज्ञानिकलाई भाइरस वा टक्सीन बनाउन लगाउन सक्ने

बेन गुईरन विश्वविद्यालयका साइबर सुरक्षा अन्वेषकहरुले हालै ह्याकरहरुले कम्प्यूटर सिस्टममा हानी पुर्‍याएर वैज्ञानिकहरुलाई भाइरस वा टक्सीन बनाउन लगाउन सक्ने जानकारी पाएका छन् ।

वैज्ञानिकहरुले खोप बनाउनका लागी कृत्रिम डिएनए प्रयोग गर्ने गर्दछन् तर यदि कसैले बायोइन्जिनियर कम्प्यूटरमा डिएनएको कोडमा फेरबदल गरिदियो भने यसले भाइरस वा टक्सीन पनि बनाउन सक्छ ।

यस्तो अवस्थामा ह्याकर या आतंकवादीले कुनै चर्चित ल्याबलाई हाईज्याक गरेर यस्तो गर्न सक्छन् । अन्वेषकहरुको अनुसार एक साधारण ट्रोजन हर्स या लुकेको कोडले औषधीलाई खतरनाक चीजमा बदलिन सक्छ । त्यो बदलिएको डिएनए स्ट्रीङ्ग पनि पहिले कै जस्तो देखिने गर्दछ ।

यस्तो हुदा अनजान रुपमा त्यो ल्याबले खतरनाक भाइरस या टक्सीन बनाएको हुन सक्छ । अन्वेषकहरुले ५० मध्य १६ ओटामा यो प्रक्रिया प्रयोग गर्न सक्दछन् । यो धेरै मान्छेका लागी घातक ठहरिन सक्छ ।

एजेन्सीको सहयोगमा