कीवर्डहरू -

सामाजिक सञ्जालमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कारबाही गर्ने

सामाजिक सञ्जालमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कारबाही गर्ने

प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन साइबर ब्यूरोले अनुरोध गरेको छ ।

पछिल्लो समयमा ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा अशोभनिय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बीर, श्रव्यदृष्य प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुन विपरीत हुने कार्यहरु गरेको बारेमा प्राप्त सूचना, उजुरीहरु उपर प्रचलित कानुन बमोजिम कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेको ब्यूरोले जनाएको छ ।

अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनौट नगरी पुन: तिनै भिडियो एवं सामग्रीहरुलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता संरक्षण लगायतका कानुनी प्रावधानका विपरीत हुने भएको हुँदा सो बारे सचेत हुन अनुरोध गरेको हो ।

त्यस्ता कार्यहरु भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा ईमेल ठेगाना [email protected] मा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ ।

\"\"