कीवर्डहरू -

डेढ करोड जनतालाई भुक्तानी सेवा दिदैं ईसेवा

डेढ करोड जनतालाई भुक्तानी सेवा दिदैं ईसेवा

ईसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई सेवा दिइरहेको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताएका छन् ।

शनिबार आयोजना भएको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुवास सापकोटाले यस्तो जानकारी दिएका हुन् ।

ईसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । ईसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।