कीवर्डहरू -

फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका साईटहरुमा एकाउन्ट बनाउनु भएको छ र कारणबस  तपाईंले त्यसको प्रयोग गर्न छाडिसक्नु भएको छ र त्यो प्रयोग नभएको एकाउन्ट डिलिट गर्न चाहनु हुन्छ भने तल केही टिप्सहरु दिइएको छ ।

याहु ( Yahoo ):

याहू एकाउन्ट डिलिट गर्ने दुइटा तरिकाहरु छन् । पहिलो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट स्वत: डीएक्टिभेट हुनेछ,त्यसैले डिलिट गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् ।

दोश्रो तरिका डिलिट गर्न चाहनु भएको एकाउन्ट लग अन ( logon ) गर्नुहोस् र एकाउन्ट टर्मिनेसन पेज(" Account Termination" page ) मा गएर आफ्नो एकाउन्ट डिएक्टिभ होस् । यदि तपाईं पहिले नै लग अन ( logon ) हुनुहुन्छ भने तपाईंले " Account Termination" page खोल्न भेरीफिकेसन पर्पोज ( verification purposes )को लागि फेरी पासवर्ड रि इन्टर ( password re-enter ) गर्नु पर्ने हुन्छ ।

हटमेल ( Hotmail ):

हटमेल पेज को Help मा क्लिक गर्नुहोस् । (प्राय :हेल्प ट्याब दाँयातिरको माथि कर्नर मा हुन्छ ) हेल्प स्क्रिनको कि वर्ड सर्च सेक्सन( keyword search section )मा क्लोज एकाउन्ट ( Close Account ) टाईप गर्नुहोस् । त्यसपछि " Close Account" link मा क्लिक गर्नुहोस् । उक्त लिंकमा क्लिक गरेपछि निलो कलर मा highlight भएको " Go to the close Account link" देखा पर्छ त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ लेखिएका इन्स्ट्रक्सन ( instructions ) हरु पढ्नुहोस् , त्यहाँ लेखिएका टर्म्स ( Terms ) राम्ररी पढ्नुहोस त्यसपछि क्लोज एकाउन्ट ( close Account ) मा क्लिक गर्नुहोस् ।

फेसबुक ( facebook ):

फेसबुकले एकाउन्ट डिएक्टिभेट गर्नका लागि दुइवटा अप्सन दिएको छ । पहिलो अप्सन अकाउन्ट डीएक्टिभ गर्ने र अर्को अप्सन पर्मानेन्ट डिलिट गर्ने । यदि तपाईंले अकाउन्ट डिएक्टिभेट गर्नु भयो भने तपाईंको फेसबुक अकाउन्ट,प्रोफाइल,इन्फर्मेसन तथा तपाईंले सेभ गर्नु भएको साथीहरु , फोटोहरु आदी त्यही रही रहन्छन

र पछी तपाईंले फेरी अकाउन्ट एक्टिभ गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई पर्मानेन्टली डिलिट गरियो भने फेसबुक अकाउन्ट पूर्ण रुपले सिस्टम बाटै हट्छ ।

अकाउन्ट डिएक्टिभेट गर्ने तरिका :

  • Facebook logon गरी सके पछि दाँया तिर Top मा " Account Settings" मा क्लिक् गर्नुहोस् ।
  • त्यसपछि " Deactivate Account" लिंकलाई क्लिक गर्नुहोस् ।

अकाउन्ट पूर्ण रुपले डिलिट गर्ने तरिका :

  • Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ  " delete account" सर्च गर्नुहोस् ।
  • " I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका टर्म एण्ड कन्डिसन राम्ररी पढ्नुहोस्
  • अन्तिम प्याराग्राफको लिन्कलाई क्लिक गर्नुहोस् र त्यहाँ के लेखेको छ पढ्नुहोस् ठीक छ भने " Submit" बटनमा क्लिक गर्नुहोस् ।

माइ स्पेस ( MySpace ):

माइस्पेस अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिरहनु पर्दैन् । अकाउन्ट लग अन गरिसके पछि दाँया पट्टिको कुना को माथि " My Account" मा क्लिक गर्नुहोस् । त्यसपछि " Account" लिन्कलाई क्लिक गर्नुहोस् र " Cancel Account" लिंकलाई क्लिक गर्नुहोस् । आफुले अकाउन्ट डिलिट गर्न चाहेको कारण सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।

एमएसएन ( MSN ):

MSN अकाउन्ट डिलिट गर्ने तरिका याहु को जस्तै नै छ । तपाईंले ३० दिन सम्म

अकाउन्ट use गर्न छाडिदिनुहोस् । ३० दिन सम्म प्रयोग नभए पछि तपाईंको अकाउन्ट इनएक्टिभ हुनेछ र ९० दिन पछि अकाउन्ट आफै डिलिट हुनेछ  ।

म्यानुअलि अकाउन्ट डिलिट गर्ने तरिका :

  • हटमेल पेजको माथि दाँया कुनामा भएको सानो एरो ( Arrow मा क्लिक गर्नुहोस् ।
  • Menu option को " View Your Account" मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ  तल भएको " Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ भएको सूचना पढ्नुहोस् identity verify को लागि आफ्नो पासवर्ड इन्टर गर्नुहोस् र यस ( Yes ) बटनमा क्लिक गर्नुहोस्