कीवर्डहरू -

अपरेटहरूलाई अप्टिकल नेटवर्किङ २.० मा अपग्रेड गर्दै ह्वावे

अपरेटहरूलाई अप्टिकल नेटवर्किङ २.० मा अपग्रेड गर्दै  ह्वावे

ह्वावेले आफ्नो अप्टिकल नेटवकिंग २.० (ओएन २.०) सोलुसन अपग्रेड ह्वावेको ७ औं अप्टिकल नेटवर्क इनोवेशन फोरममा गर्नेछ भनेर घोषणा गरेको छ । जसमा नयाँ गति, नयाँ साइट, नयाँ स्मार्ट ओएण्डएम, नयाँ स्किमा र नयाँ सेवाहरु जस्ता विशेषताहरु रहेको छ ।

यो सोलुसनले अपरेटरहरूलाई इनोभेटिभ सेवाहरू विकास गर्न र फस्टाउन मद्दत गर्नेछ। ग्लोबल महामारीले गर्दा घरेलु नेटवर्कमा, मनोरन्जनको स्रोतको रूपमा सेवा गर्नदेखि लिएर घरबाट काम गर्ने र सिकाउने तरिकामा चरम परिवर्तन देखिएको छ ।

यसको परिणामस्वरूप प्रयोगकर्ता अनुभवको आवश्यकताहरू उच्च बनाउँदछ । यसको साथसाथै उद्यम डिजिटलाइजेशनले डिटर्मिनिस्टिक अनुभवको जरुरी आवश्यकता पनि निम्त्याएको छ ।

उत्कृष्ट र निश्चित प्रयोगकर्ता अनुभवको ग्यारेन्टी गर्न अप्टिकल नेटवर्क महत्वपूर्ण छ र २०१९ मा ह्वावेले ५जी उन्मुख ओएन २.० (ON2.0) सोलुसन जारी गरेको थियो जसले तीन नयाँ प्रविधीहरू प्रस्तुत गर्दछः नयाँ गति, नयाँ साइट, र नयाँ स्मार्ट ओ एण्ड एम, जसले एक अनुभव केन्द्रित सेवा प्रसारण नेटवर्क निर्माण गर्ने लक्ष्य राख्दछ ।

२०२० मा अल–अप्टिकल नेटवर्क उद्योगको विकासलाई बढावा दिन र अपरेटरहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लागि अल–अप्टिकल मेट्रो आर्किटेक्चरहरू निर्माण गर्नह्वावेले आफ्नो ओएन २.० सोलुसन अपग्रेड गरेको छ।

नयाँ गति: फाइबर क्षमता अधिक बढाएर उच्चतम प्रति बिट लागत प्राप्त गर्न सकिन्छ । ह्वावेको ८००जी अप्टिकल मोड्युलले २०० देखि ८०० गीगाबाईट प्रतिसेकेण्ड लाइन रेट र अद्वितीय च्यानल म्याच्टसेपिङ एल्गोरिदम प्रयोग गरी २०५ थप लामो प्रसारण दूरी सर्पोट गर्दछ ।

सुपर सी–ब्यान्ड सोलुसनले १२० च्यानलहरू प्रदान गर्दछ र सुपर सींएलको सहज विकासलाई समर्थन गर्दछ । यसको परिणाम स्वरूप ह्वावेले विश्वव्यापी अपरेटरहरूलाई १२० भन्दा बढी २००जी व्यावसायिक नेटवर्कहरू निर्माण गर्न मद्दत गरेको छ ।

नयाँ साइटहरूः साइटहरूको टिसीओ लाई कम गर्न सरल बनाइएको छ । विद्युतीय तहमा ह्वावेको लिक्विड ओटिएन सोलुसनले प्रति साइट लेटेन्सीलाई ७०५ ले घटाउँछ र ब्यान्डविथलाई २ एम हार्ड स्लाइसमा भाग लगाई १०० गुणा बढी कनेक्सनलाई सर्पोट गर्दछ ।

अप्टिकल लेयरमा ह्वावेको नयाँ कम्प्याक्ट ओएक्ससी उत्पादन OSN 9800 P32C विभिन्न परिदृश्यहरुमा फिट गर्न पर्याप्त लचिलो छ । यसले आन्तरिक फाइबर जडानको आवश्यकतालाई हटाएर ओगटेको क्षेत्र ९०५ र बिजुली खपत ६०५ ले घटाउदछ । हाल, करीब १००० ओएक्ससी उत्पादनहरू ६० भन्दा बढी ग्लोबल कमर्सियल नेटवर्कहरूमा तैनात गरेको छ।

नयाँ स्मार्ट ओएण्डएमः अल–अप्टिकल अटोनोमस ड्राइभिङ नेटवर्कले ह्वावेको iMaster NCE सरलीकृत ओएण्डएमको लागि उपयोग गर्दछ भने ASON2.0 सोलुसनले जुन बेला पनि सेवा ९९.९९९ प्रतिशत नेटवर्क उपलब्धताको साथ दिँदछ ।

ह्वावेको आईमास्टर एनसीई हालसम्म इटाली, नेदरल्याण्ड्स, साउदी अरेबिया, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियाका अग्रणी अपरेटरहरूले १३० अप्टिकल नेटवर्कमा परिचालन गरिसकेको छ।

नयाँ स्किमाः अप्टिकल नेटवर्कहरू स्थिर अल–अप्टिकल मेट्रो आर्किटेक्चरको निर्माणको लागि एजसम्म विस्तार गरिएको छ ।

महत्वपूर्ण कुरा ओटिएनलाई सीओ र सब सीओमा विस्तार गरेर वान–हपटु क्लाउड प्राप्त गर्नु, ब्यान्डविथ ग्यारेन्टी गर्नु, कमलाटेन्सी र उपलब्ध उच्च गर्नु, घर, कम्पनी, मोबाइल प्रयोगकर्ता र क्याम्पसहरुलाई सिधा जडान गर्नु हो । अल–अप्टिकल मेट्रोले अधिक प्रीमियम सेवाहरूको लागि एक ठोस आधार निर्माण गर्नेछ।

नयाँ सेवाहरुः उच्च गुणवत्ता अप्टिकल जडानहरूबाट प्रीमियम सेवा अनुभव प्राप्त गर्न सकिन्छ । ओटिएन प्रीमियम निजी लाइन सोलुसनले फरक एसएसए सेवाहरू प्रदान गर्दछ र ब्याण्डविथ अन डिमान्ड, कमलाटेन्सी, सर्ट टाईम टु मार्केट र उच्च उपलब्धता जस्ता सुविधा प्रदान गर्दछ ।

अहिलेसम्म, निजी लाइन सेवाहरूको लागि ७० भन्दा बढी अप्टिकल नेटवर्कहरू विश्वव्यापी रूपमा निर्माण गरि सकेको छ। यसैबीच, घरेलु प्रयोगकर्ताहरूको लागि उद्यम कोटिको प्रीमियम अनुभव दिलाउन ह्वावेले ओटिएन प्रीमियम होम ब्रोडब्यान्ड सोलुसन पनि आरम्भ गरेको छ ।

यस सोलुसनले अल–अप्टिकल गोल्ड पाइपव्दारा डिटर्मिनिस्टिक घरेलु सेवा अनुभव प्रदान गर्दछ र साथै घरेलु उपयोगकर्ताको एआरपीयू बढाउदछ ।

‘अप्टिकल नेटवर्कहरूले छन्, होम ब्रोडब्यान्ड, निजीलाइन र क्लाउडमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । अल–अप्टिकल शहरको लागि एन्ड टू एन्ड टार्गेट नेटवर्क नै सबै प्रीमियम सेवाहरु प्रदान गर्ने आधार हो, त्यसैले आउनुहोस् अप्टिकल नेटवर्क उद्योगको अर्को सुनौलो दशक अँगाल्नको लागिसंगै काम गरौं,’ ह्वावेको प्रसारण र एक्सेस नेटवर्क प्रोडक्ट लाईनका अध्यक्ष रिचर्ड जिनले भने ।