कीवर्डहरू -

‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक हुँदै

‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक हुँदै

सम्वृद्धि स्कूलले ‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक गर्ने भएको छ । यो सार्वजनिक कार्यक्रम बिहीबार दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।

यस कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुलिल बाबु श्रेष्ठ सहभागी हुनेछन् ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह र प्रा.डा सुवर्ण शाक्य उपस्थित हुनेछन् । यस कार्यक्रमको अध्यक्षता सम्वृद्धि स्कूल तथा कलेजका अध्यक्ष मनोहर कुमार भट्टराइले गर्नेछन् ।

त्यस्तै कार्यक्रममा कीनोट स्पीकरको रुपमा सिस्को नेटवर्किङ एकेडेमी सार्ककी कलहरी कलभराच्ची उपस्थित हुने छीन् ।

सम्वृद्धि कलेज तथा स्कूलको सिस्को कार्यक्रम प्रमुखमा सुरेन्द्र महर्जन रहेका छन् । यो कार्यक्रम सम्वृद्धि स्कूलको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।  साथै यहाँ क्लिक गरी आफुलाई दर्ता गरेर पनि यसमा सहभागी हुन सकिने छ ।