कीवर्डहरू -

वालिङ्ग नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

वालिङ्ग नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

स्याङ्जाको वालिड्ग नगरपालिकाका बासिन्दाले खल्तीबाटै राजस्व बुझाउन सक्ने भएका छन् । खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झौता गरेको छ ।

नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ ।

सो शुल्क ‘खल्ती’ का ग्राहकले खल्तीको वेबसाइट वा मोबाइल एपमा रहेको सरकारी सेवा मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सेवाग्राहीको भिड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाको अपेक्षा गरेको छ ।

खल्तीका संस्थापक तथा निर्देशक अमित अग्रवालले यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको विश्वास बताए ।

खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।